Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सभामुखले प्रमुख पाँच दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै

सभामुखले प्रमुख पाँच दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै

काठमाडौँ : सभामुख देवराज घिमिरेले आसन्न संसद् अधिवेशन तयारीका सम्बन्धमा आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । सभामुख घिमिरेले आज (सोमबार) संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा ११ बजे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफलको समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसद्मा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट