धनगढी : कैलालीमा नेकपा एमालेका तीन सय ५८ जना डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन् ।शनिबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएको जानकारी गराएका हुन् ।
पूर्वमन्त्री सुवेदीका अनुसार गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएका हुन् ।पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमाले कैलालीले यसअघि नै रावलको अभियानमा जोडिएको भन्दै कारबाही गरिसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij