Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कञ्चनपुरमा पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताले गरे दुर्व्यवहार

कञ्चनपुरमा पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताले गरे दुर्व्यवहार

कञ्चनपुर : सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको छ ।शनिवार दैजी चोकमा पूर्वपश्चिम राजमार्गमा उनी सवार गाडी रोकेर दुर्व्यवहार गरिएको हो । तोडफोडको प्रयास गरिएको र गालीगलौज तथा हातपातको धम्की दिइएको रावलको सचिवालयले जनाएको छ ।

सचिवालयले घटनालाई कानुनी राज्यको अपमान भन्दै नेपाल प्रहरी मूकदर्शक बनेको आरोप लगाएको छ । साथै, घटना अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै भर्त्सना गरिएको छ ।

रास्वपाले सरकारी नम्बर प्लेटका गाडीहरूको निगरानी गर्ने कार्यक्रम राखेको थियो । सोही क्रममा रावलको गाडी रोकेपछि विवाद उत्पन्न भएको थियो । घटनामा संलग्न रास्वपाका कार्यकर्ता केशव पन्तलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट