Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने काँग्रेसको निश्कर्ष

सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने काँग्रेसको निश्कर्ष

काठमाडौँ : नेपाली काँग्रेसले सरकारमा पार्टीको उपस्थितिलाई अझ सशक्त बनाउनुपर्ने निश्कर्ष निकालेो छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सहित शीर्ष पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।आजको बैठकमा शीर्ष नेताहरुले सरकारमा पार्टीको उपस्थिति अझ प्रभावकारी र सशक्त हुनुपर्‍यो भन्ने सुझाव दिनुभएको प्रवक्ता प्रकाशशरण महतले बैठकपछि जानकारी दिनुभयो ।

‘मन्त्रीज्यूहरु स्वभाविक रुपमा आफ्नो योग्यता, क्षेमता र क्रियाशिलतामा लागिराख्नु नै भएको छ । त्यसमा पदाधिकारीहरुले सल्लाह सुझाव दिनुभएको छ । प्रधानमन्त्रीलाई पनि कतिपय सुझावहरु आइरहेका छन् । पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्‍यो । सरकारी संयन्त्रहरुमा पनि पार्टीगत विषयलाई बढी ध्यानदिनु भन्दा पनि व्यवसायीकतामा ध्यान दिनुपर्छ । यी विषयहरु छलफलमा आएका छन्” नेता महतले भन्नु भयो ‘समग्रमा मन्त्रीहरुले राम्रो काम गर्नुभएको छ । आवश्यकता धेरै भएकाले सन्तुष्ट भएको दिनमा त केही गर्न परेन नि ! जहिले पनि सुधारको ठाउँ रहिरहन्छ । अझै उत्कृष्ट रुपमा प्रस्तुत गर्ने ठाउँ त सधैं रहन्छन् ।’

भोलि र पर्सी पनि पार्टीको छलफल जारी रहने प्रवक्ता महतले जानकारी दिनु भयो । थप दुई दिनको छलफल पछि प्रधानमन्त्रीलाई पनि पार्टीको तर्फबाट आवश्यक सुझाब दिइने नेता महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट