लमजुङ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाएको आरोप लगाएका छन् ।
लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरे।
सञ्चारमन्त्री गुरूङले भने,’कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ। सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।’
यो गठबन्धन ०८४ को चुनावसम्म जाने सञ्चारमन्त्री गुरूङले दाबी गरे। उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै ढुक्कसँग चल्ने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij