पश्चिम नवलपरासी: नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अहिले मुलुकको मुख्य समस्या बेरोजगारी भएको बताउनुभएको छ ।आज पश्चिम नवलपरासीको प्रतापपुरमा प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्री थापाले जिविकोपार्जन गर्न नसक्दा युवाहरू विदेशिने क्रम बढेको बताउँदै व्यवहारिक शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।रोजगार पाएपनि न्यून आय सहितको रोजगारीका कारण धेरै कमाउने आशामा विदेशिने क्रम बढेकोले हरेक वर्ष ५ लाख युवालाई रोजगार दिन आवश्यक भएको बताउनुभयो ।
बजारमा माग एउटा तर हाम्रो शिक्षा प्रणालीमा अर्कै विषय पठनपाठन भइरहेको बताउँदै उहाँले बजारको माग पूर्ति गर्ने खालको शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगारीको समस्या समाधान हुने बित्तिकै मुलुक फरक गतिमा अगाडि बढ्ने बताउँदै उहाँले आवश्यक तलबमान सहित रोजगारी दिन सक्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले सरकारले सबैलाई रोजगारी दिन नसक्ने बताउँदै उहाँले सरकार माध्यम बन्नुपर्ने बताउनुभयो । निजी क्षेत्र सँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।
प्रतापपुर गाउँपालिकाले प्राविधिक शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्न प्रतापुरको समेरीमा क्याम्पस निर्माण थालेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।१० कोठे पक्कि भवन निर्माणका लागी ३ करोड ६५ लाख लागत अनुमान गरी काम सुरु गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij