Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

काठमाडौँ : अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतले उम्मेदवारी दिएका छन् ।देशकै सबैभन्दा बलियो र अनुशासित संगठनको रूपमा परिचित अखिल (क्रान्तिकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालयका निवर्तमान अध्यक्ष रहेका बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । कृषि, भेटेरिनरी, फरेष्ट्री, र फिसरी क्षेत्रबाट प्रतिनिधित्व गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयकाको तर्फबाट पहिलो पटक केन्द्रीय महासचिव पदमा उम्मेदवारी दर्ता गराएको बस्नेतले बताए ।

पार्टी र संगठनलाई सुदृढ, सक्षम, र व्यवस्थित बनाउँदै देशको शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक, र साँस्कृतिक विकास तथा जनताको आधारभूत आवश्यकता पुरा गर्न प्रभावकारी संघर्षलाई अघि बढाउन महासचिव पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।

बस्नेतको पहलकदमीमा एएफयुको बिएससी र एमएससी अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थीलाई संगठित गरी नेतृत्व गरिरहेका छन् । उनले अखिल (क्रान्तिकारी) सम्पूर्ण सदस्य, समर्थक, र शुभचिन्तकहरूलाई मतदान गरी विजय गराउन अपिल समेत गरेका छन् ।

२३ औं राष्ट्रिय सम्मेलनको विषयलाई लिएर मंसिर १३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षमा निर्वाचनमा पक्षले जितेको हुँदा अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन यही माघ १२ गते हुँदैछ।विद्यार्थी संगठन पार्टीको मेरुदण्ड हुनुपर्ने उनको भनाई छ। बस्नेतसहित १० जनाको महासचिव पदमा उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट