Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णय सार्वजनिक

काठमाडौं : माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरिएको छ ।सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णय गरिएको उल्लेख छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट