नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिलेको सरकार २०८४ को आम निर्वाचनसम्मै गए हुने बताएका छन्।चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादीको अहिलेको प्राथमिकता सरकार नभएको बताए।‘अहिले हाम्रो प्राथमिकता सरकार होइन, मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो,’ उनले भने।
वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गइदिए हुन्थ्यो भन्नेमा माओवादी रहेको अध्यक्ष दाहालले बताए। ‘यो सरकार २०८४ सम्मै गइदिए हुन्थ्यो, गएन भने कांग्रेस हाम्रो पार्टनर छँदैछ,’ उनले भने।भरतपुर विमानस्थलमा प्रचण्डले यसो भन्दा कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि सँगै थिए। रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij