Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजेन्द्र महतोले नेतृत्व गरेको दल निर्वाचन आयोगमा दर्ता

राजेन्द्र महतोले नेतृत्व गरेको दल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ : राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले उक्त दललाई आज दल दर्ताको प्रमाण पत्र दिएको हो । निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

आयोगमा दर्ता उक्त दलको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ। दल दर्ता नं. २०१ कायम भएको छ।स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने अध्क्ष महतोले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट