इच्छाकामना : नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको पदभार ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा पदभार ग्रहण कार्यक्र सम्पन्न भएको हो । पदभारग्रहण कार्यक्रममा वन तथा वातावरणमन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,संविधानसभा सदस्य तथा केन्द्रिय सदस्य कृष्णभक्त पोखरेल,गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, पार्टीका प्रदेश सदस्य प्रकाश खनाल लगायतको आतिथ्यता रहनुभएको थियो । गत पौष १२ गते सम्पन्न दोश्रो अधिवेशनले प्रकाश अधिकारीको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएको थियो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोध बहादुर गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेका थिए । पदभारग्रहण गर्दै गाउँ कमिटी अध्यक्ष प्रकाश अधिकारीले पार्टीलाई जनतासँग जोड्न र पार्टी संगठनलाई थप सुदृढ तथा सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij