सिराहा : जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन्।आज लहानमा पुगेका अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासघातकै कारणले सहभागी हुन नसक्ने प्रष्ट्याए।
अध्यक्ष यादवले भने, ‘समाजवादी मोर्चा निर्माणमा मेरो महत्वपूर्ण भूमिका थियो। तर, मोर्चामा हुँदै प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्री बनेपछि मोर्चाभित्रकै आफ्नै सहयोगीलाई विश्वासघात मात्रै गर्नुभएन कि पिठ्युमा छुरा रोप्नुभयो। त्यसरी कसरी सहकार्य हुनसक्छ ? त्यसैले अहिलेको अवस्थामा सहकार्य हुँदैन। जोसँग सहकार्य गरेको छ उसैलाई पिठ्युमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन। यथास्थितीमा सहकार्य हुँदैन।’
उनले राष्ट्रिय समस्याको समधान गर्नको लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने बताए। अध्यक्ष यादवले प्रचण्डकै कारणले आफ्नो पार्टी फुटेको दाबी गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij