विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विराटनगरमा राजवंशी समुदायको परम्परागत परिकार भक्काको स्वाद लिएका छन् ।पार्टी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रमहरूमा सहभागी हुन मोरङ पुगेका प्रचण्डले बिहानको मर्निङवाक पश्चात स्थानीय राजवंशी समुदायको विशेष परिकार भक्का खाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साझा गर्दै प्रचण्डले लेखेका छन्, ‘राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु ।’
भक्का तराई क्षेत्रको राजवंशी समुदायको परम्परागत परिकार हो। यो विशेषगरी चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने परिकार हो। जाडो याममा यसको माग बढी हुने गर्दछ।स्थानीयहरूका अनुसार भक्का स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायक मानिन्छ र यसले शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij