काठमाडौँ : साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनमा चितवन प्रहरीले पनि रायसहतिको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
रास्वपाका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलगायतमाथि अनुसन्धान पूरा गरेर शुक्रवार प्रतिवेदन बुझाइएको हो। उक्त प्रकरणमा १७ जनाविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ।
सरकारी वकिलको कार्यालयको निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेर प्रतिवेदन बुझाएको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।
प्रहरीले रवि र छविसहितलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन पेश गरेको छ। त्यस्तै अन्य सातवटा कम्पनीविरुद्ध पनि मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij