काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।शुक्रबार विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाए ।अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकार ०८७ सालसम्म किन टिकाउनुपर्यो भन्दै प्रश्न गरे।
अध्यक्ष नेपालले भने,’वास्तवमा यो सरकारले जनअपेक्षाहरू पूरा गर्न सकेको छैन । यो सरकारले संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्नेजस्तो विषयमा अरू कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन, अब ०८७ सम्म कुर्नुपर्ने रु यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्यो ।’
उनले ०८७ मा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रश्न गरे । उनले सरकार असफल भएको जिकिर गरे।उनले सरकारका कामको आलोचना गर्नु अर्को विकल्पमा जान तयार छौँ भन्ने नरहेको बताए । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरूले सडक संघर्ष गर्ने उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij