Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्री ओली र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र राजदूत बासबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij