Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको चेतावनी

तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्षी दलहरूले तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका छन् ।संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बसेको विपक्षी दलहरूको बैठकपछिका निर्णय सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने,‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं।’

आफूहरूको आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूको छ।

माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी र आम जनता पार्टीलगायत विपक्षी दलहरूले संसदको विशेष अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराए।

उनले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij