काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बसेको विपक्षी दलहरूको बैठकपछि बोल्दै पुष्पकमल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाए। उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए ।
अध्यक्ष प्रचण्डले भने,‘गठबन्धन गर्दा जे घोषणा गरेको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ । नैतिकताको आधारमा भन्ने हो भने राजीनामा दिनु नै उचित हुन्छ।’
वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ। त्यसैले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए।विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij