Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फाष्ट ट्र्याकको अवलोकन

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फाष्ट ट्र्याकको अवलोकन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस फाष्ट ट्र्याकको अवलोकन गरेका छन्।

निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले आवश्यक जानकारी लिएका हुन् ।

निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे पौडेलले आवश्यक जानकारी लिएका थिए।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटरको फास्ट ट्र्याक निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij