काठमाडौं : कानुन निर्माणबारे प्रतिनिधि सभाका प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको हो।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन्।
छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए ।
सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij