Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रचण्डलाई गोकुलको प्रश्न – बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

प्रचण्डलाई गोकुलको प्रश्न – बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गरेका छन् ।बाँस्कोटाले आज सामाजिक सञ्जालमार्फत् प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन् । हिजो मात्रै प्रचण्डले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने अभिव्यक्ति दिएका थिए ।

त्यसको जवाफमा बाँस्कोटाले बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ भन्दै प्रश्न गरे ।उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन्। बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो। सजिलै गणतन्त्र खतरामारु आउछ के र को ? जवाफ खै ?’

यसअघि हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै दाहालले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij