Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

रवि लामिछानेलाई छुटाउन प्रभु बैंकको ‘ग्यारेन्टी’ !

रवि लामिछानेलाई छुटाउन प्रभु बैंकको ‘ग्यारेन्टी’ !

काठमाडौं : प्रभु बैंक ग्यारेन्टी बसेपछि रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् ।

अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।

यदि तोकिएको धरौटीबापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो ।

बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij