Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

बैंकमा धरौटी राखेको जग्गा थाहै नपाई लिलाम भएपछि सिराहामा आन्दोलन

बैंकमा धरौटी राखेको जग्गा थाहै नपाई लिलाम भएपछि सिराहामा आन्दोलन

सिरहा : सिरहाको लहानमा आज स्थानीयले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेर आन्दोलन गरे ।कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन।

उनीहरूले आज बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरे । आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो ।त्यसक्रममा केही स्थानीय र केही प्रहरी पनि घाइते भएका छन ।

प्रहरीले १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर पनि गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अहिले भने स्थिति सामान्य भइसकेको छ ।लहान नगरपालिका वडा-२ का स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा जोडिएको ७ धुर जग्गा धितो राखी २०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए ।

गत मंसिरसम्ममा किस्ता बापत १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरिसके पनि आफ्नो जग्गा बैंकका कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको पीडित यादवको भनाइ छ । यादवका अनुसार, अहिले उक्त जग्गाको चलनचल्तीको मूल्य १ करोड ४५ लाख रहेको छ।

तर, बैंकले ३५ लाखमै लिलाम गरिदिएको यादव गुनासो गर्छन ।आफ्नो जग्गाको विषयमा विगत २ महिनादेखि बैंक धाइरहेको भएपनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij