Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

बाक्लो हुस्सु र कुहिरोले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बाक्लो हुस्सु र कुहिरोले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पश्चिम नवलपरासी: बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट