Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

शैलुङमा यस वर्षको पहिलो हिमपात [फोटो फिचर]

शैलुङमा यस वर्षको पहिलो हिमपात [फोटो फिचर]

रामेछाप : रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ । हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् ।

शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।

nullnullnullnullnullnullnullnull

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट