नवलपुर: नवलपुर क्षेत्रमा काम गर्ने कर्मचारी लक्ष्यित गरि छुट्टै बस संचालनमा आएको छ। भरतपुरदेखि कावासोतीसम्म बिहान र बेलुका कर्मचारी मात्र बोक्ने गरि बस संचालनमा आएको हो ।कर्मचारी मिलन केन्द्र नवलपुर र जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको समन्वयमा बस सेवा सुरु भएको हो।
बस सेवाको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले आज उद्घाटन गर्नुभएको हो। बस सेवा संचालनसँगै कर्मचारीलाई समयमा सहज रुपमा कार्यालय आएर सेवा दिन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो ।भरतपुर ,गैंडाकोट क्षेत्रबाट दैनिक करिब ४५ जना कर्मचारी कावासोती आउने गरेको र ती कर्मचारीलाई आवत जावतमा सुबिधा पुग्ने कर्मचारी मिलन केन्द्रका कार्यबाहक अध्यक्ष पूर्णहरी सुवेदीले बताउनुभयो ।
बस व्यवसायीसँगको समन्वयमा बस सेवा संचालन गरिएको बसले कर्मचारीमात्रै ओसारपसार गर्ने र तोकिएको भाडादरको ७०% भाडा व्यक्तिगत रुपमा दिने सहमति भएको कर्मचारी मिलन केन्द्रका सचिव हरिशंकर सुवेदीले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij