Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

शीतलहर र हुस्सुले पश्चिम नवलपरासीमा राजमार्ग अवरुद्ध

शीतलहर र हुस्सुले पश्चिम नवलपरासीमा राजमार्ग अवरुद्ध

काठमाडौं : शीतलहरका कारण बाटो चिप्लो हुँदा गएराति नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु र शीतलहरले गएराति १ बजेर ४० मिनेटदेखि अवरुद्ध भएको हो। हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले ​बताए।

बिहान सवा ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि चिप्लोका कारण मालबाहक सवारी सञ्चालनमा अझै कठिनाइ रहेको उनले जानकारी दिए। दुईतर्फी नै सहज आवागमनका लागि पहल गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट