Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन

युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन

गैँडाकोट : सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ । नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए । गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु हुनुहुन्छ । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट