Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

देवघाट गाउँपालिकाद्वारा दुईवटा ऐन पारित

देवघाट गाउँपालिकाद्वारा दुईवटा ऐन पारित

देवघाट : देवघाट गाउँपालिकाले आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १५औँ अधिवेशनबाट आर्थिक ऐन (प्रथम संशोधन), विधेयक–२०८१ र विनियोजन ऐन (प्रथम संशोधन) विधेयक–२०८१ पारित गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङद्वारा प्रस्तुत ऐन सोमबारको गाउँसभा तथा अधिवेशनले सर्वसम्मतरुपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । त्यसबाहेक सभाका सदस्य यामबहादुर मगरबाट प्रस्तुत गरिएको यसअघिका विभिन्न आर्थिक वर्षहरुमा महालेखा परीक्षकको कार्यालयबाट औँल्याइएका नियमित गर्न सकिने प्रकृतिका बेरूजु रकम नियमित गर्नसमेत सभासमक्ष पेस भएको उनले बताए ।

सभाबाट गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भुवनसिं गुरूङले हालसम्मको न्यायिक समितिको प्रतिवेदनसमेत पेस गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षको समेत गरी कुल १२ वटा उजुरी दर्ता हुँदा आठवटा उजुरी उपर कारबाही भएको र तीनवटा उजुरी फस्र्योट भएका छन् ।

गाउँसभामा वडा नं–४ का अध्यक्ष मित्रलाल गुरूङ र वडा नं–५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले शुभकामना मन्तव्य दिएका थिए भने सभाका सदस्य बुद्धिबहादुर पाण्डे र सदस्य सुन्दर भुजेलले शून्य समयमा समसामयिक विषयबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट