Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी सर्वसम्मत

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी सर्वसम्मत

माडी : सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत रूपमा निर्वाचित भएकी छन् ।सुनचाँदी व्यवसायी महिला समूह माडीको दोस्रो भेलाबाट अध्यक्ष विश्वकर्मा निर्वाचित भएकी हुन् । सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अन्जु सुनार, उपाध्यक्षमा पुनम ल्वागुन, सचिवमा देवी सुनार, सहसचिवमा शिला विक(रामदाम), कोषाध्यक्षमा सर्मिला घताने, प्रवक्तामा अस्मिता गोतामे, कार्यसमिति सदस्यहरूमा लीला सुनार, सुनिता गोतामे, सरू सुनार, रूबिना सुनार, शान्ति सदाशंकर र इन्द्रमाया सुनार चयन भएका छन् । भेलाले कार्यसमिति सदस्य इन्द्रमाया सुनारलाई महिला समूहको लेखा समिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै, भेलाले सुनचाँदी व्यवसायी महिला समूह माडीको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समूहको सल्लाहकारहरूमा सरस्वती रामदाम, अम्बिका सुनार, लक्ष्मी सदाशंकर, रजिता सदाशंकर, कोपिला सुनार, पूजा सुनार र मीना सुनार रहेका छन् । भेलाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको आसन्न जिल्ला अधिवेशनमा माडीबाट सीता सुनारलाई प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।

दुई वर्षे कार्यकालका लागि अध्यक्ष विश्वकर्माको नेतृत्वमा समिति सर्वसम्मत घोषणा भएको निर्वाचन समितिका सदस्य एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकले जानकारी दिए ।

नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले गराएका थिए। कार्यक्रमकी प्रमुखअतिथिसमेत रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् महिला सशक्तिकरण समितिका संयोजक ऋतु विश्वकर्माले निर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीद्वारा संरक्षित सुनचाँदी व्यवसायी महिला समूह माडी विसं २०७३ सालमा गठन भएको थियो। समूहले सुनचाँदी व्यवसायी महिलाको क्षमता विकासका लागि महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्ष बिमला सुनारको अध्यक्षतामा दोस्रो भेला सम्पन्न भएको थियो भने भेलामा समूहकी सचिव अन्जु सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शर्मिला घतानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडाध्यक्ष पुरन महतो, नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपसभापति यमबहादुर ल्वागुन, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष त्रिलोक भिके रामदाम, संघकी तृतीय उपाध्यक्ष शोभा बराली, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा विक, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीका अध्यक्ष कृष्ण गोतामे, माडीका संस्थापक अध्यक्ष कमल रामदाम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट