Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई न्यानो कपडा बितरण

मानव सेवा आश्रम गोरखाका बालबालिकालाई न्यानो कपडा बितरण

गोरखा : मानव सेवा आश्रम गोरखामा रहेका बालबालिका बालगोपालहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।रोटरी क्लब अफ काठमाडौं नर्थले आज एक कार्यक्रमका बीच आश्रमका ३७ जना बालगोपालहरु सहित आश्रम परिवारको लागि ४८ थान न्यानो कपडा बितरण गरेको हो ।

गोरखा नगरपालिका–६ को गणेशपाटन पाटेचौरमा आश्रीत बालगोपालहरुलाई राजधानीबाट आएका क्लबका अध्यक्ष सहितको पदाधिकारीहरुले न्यानो कपडा बितरण गरेको आश्रम सञ्चालिका संभावना मानवले जानकारी दिनुभयो ।

उहाँको अनुसार रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष प्रितम पौडेल सहितको पदाधिकारीहरुको एक समूहले शनिबार बिहान बालगोपालहरुलाई न्यानो कपडा बितरण गरेको थियो ।

आश्रमले देशैभरबाट उद्वार गरेर ल्याएका बालगोपालहरुलाई गोरखामा आश्रय दिदै आएको छ । गोरखा आश्रममा संघिय राजधानी काठमाडौं, कास्की, पर्सा, चितवन, गोरखा तथा अन्य जिल्लाका गरी ३७ जना बालगोपालहरुलाई आश्रय दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट