Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

एआई डाटा सेन्टर निर्माण गर्न माइक्रोसफ्टले थाल्यो पहल, बजेट ८० अर्ब डलर

एआई डाटा सेन्टर निर्माण गर्न माइक्रोसफ्टले थाल्यो पहल, बजेट ८० अर्ब डलर

सान फ्रान्सिस्को : माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि पहल थालेको छ । जसअनुसार कम्पनीले सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको जनाएको छ ।

माइक्रोसफ्टले एक ब्लग पोस्टमा भनेको छ, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।”

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।

स्मिथले थपे,“एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।”

माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट