Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

४ प्रतिशतले बढ्यो धान उत्पादन

४ प्रतिशतले बढ्यो धान उत्पादन

काठमाडौँ : यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो ।

चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो । मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ । यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । समग्रमा चैते धानको उत्पादकत्व वर्षेकोभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट