Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

५ एसएसपी डिआइजीमा बढुवा सिफारिस, को-को परे ?

५ एसएसपी डिआइजीमा बढुवा सिफारिस, को-को परे ?

काठमाडौँ : नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रहरीका ५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डिआइजी बढुवा सिफारिस हुने एसएसपीमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल गोविन्द थपलिया रहेका छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट