Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

महुली लघुवित्तको एफपीओ भोलि शुक्रबार बाँडफाँट हुने

महुली लघुवित्तको एफपीओ भोलि शुक्रबार बाँडफाँट हुने

काठमाडौं: महुली लघुवित्तको एफपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भोलि शुक्रबार बिहान साढे दश बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो । आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन् ।

बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ । महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट