Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

सामरी खोलामा पुल निर्माण सुरु

सामरी खोलामा पुल निर्माण सुरु

नुवाकोट: नुवाकोटको पश्चिमी भेगमा रहेको सामरी खोला पुलको निर्माण सुरु भएको छ ।विदुर नगरपालिका १३ स्थित सामरी खोलामा पक्की पुलको निर्माण सुरु भएको हो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पक्की पुलको शिलान्यास गर्नुभयो ।

उहाँले पुल स्थानीय जनताका माग र आवश्यकतामा निर्माण सुरु गरिएको वताउनुभयो । समयमै गुणस्तरीय र प्रभावकारी काम गर्न मेयर श्रेष्ठले निर्माण पक्षलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेश सरकारको बजेटवाट पुल निर्माण सुरु गरिएको हो । पुलको कुल लागत तीन करोड १६ लाख ४४ हजार पाँचसय ५७ रुपैयाँ रहेको छ ।

आरसिसी प्रणालीको सो पुलको एउटा स्पान र २५ मिटर लम्बाइ रहनेछ । पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार सो पुल आगामी वर्षको पुस ४ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट