Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नेपालकाे पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

नेपालकाे पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौँ : नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । काठमाडौँको कालीमाटीस्थित निवासमा बिहीबार बिहान उहाँको निधन भएको हो ।

शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त हुनुभएको थियो ।

सन् १९७१ मा बङ्गलादेशको निर्माण भएपछि बङ्गलादेशका लागि शाह पहिलो नेपाली कार्यवाहक राजदूत हुनुभएको थियो ।

तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उहाँले परराष्ट्र सेवाबाट अवकास प्राप्त गर्नुभएको थियो ।

उहाँ बैंकर अनिल केशरी शाहकी आमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट